Home पुँजी बजार नेप्से ९ अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

नेप्से ९ अंकले बढ्यो

Share
Share

२०८१ मंसिर ५ गते बुधबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से सामान्य अंकले बढेको छ । कारोबार मापक नेप्से परिसूचक ९.०९ अङ्कले बढेर २७११.७५ विन्दुमा कायम भएको छ। परिसूचक केही बढेपनि कारोबार रकम मंगलबारको तुलनामा घटेको छ । मंगलबार १० अर्ब बढीको कारोबार भएको बजारमा आज बुधबार ७ अर्ब ९ करोड २८ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १४४ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बजार बढेपनि यसदिन ८८ कम्पनीका सेयरधनीले गुमाएका छन भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज बैंकिङ समूह ०.२६, जीवन बिमा ०.१८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ भने अरु सबै समूह बढेका छन् । 
सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ । फाइनान्स १.६६, होटल तथा पर्यटन १.४५, जलविद्युत् १.२८, लगानी ०.२०, लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३२ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies