Home अर्थतन्त्र सरकारको ऋण २५ खर्ब १८ अर्ब पुग्यो, चार महिनामा थपियो ८४ अर्ब 
अर्थतन्त्रबैंक वित्त

सरकारको ऋण २५ खर्ब १८ अर्ब पुग्यो, चार महिनामा थपियो ८४ अर्ब 

Share
Share

२०८१ मंसिर ५ गते बुधबार ।

बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा झण्डै ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ असार मसान्तमा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको ऋण कात्तिक मसान्तसम्म ८३ अर्ब ९५ करोड रुपैयाँ बढेर २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

यससँगै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण जिडिपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ ।

विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोजसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा चार अर्ब ९८ करोड रुपैयाँले ऋण दायित्व घटेको छ ।

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ छ । जिडिपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत छ।

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामा सरकारले एक खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त गरिसकेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ३० दशमलव ३० प्रतिशत हो ।

चालु आवका लागि सरकारले तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् एक खर्ब ४४ अर्ब रुपैयाँ पहिलो चार महिनामा उठाइसकेको छ  । त्यस्तै, दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म १० दशमलव एक प्रतिशत अर्थात् २१ अर्ब ७२ करोड रुपैयाँ उठाइसकेको छ । 

चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले चार खर्ब दुई अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्म एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको जनाएको छ। 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बजेटको जगले युवा पलायन रोक्छ, ५ वर्षभित्र मुलुकमै अवसरको वातावरण बन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न...

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

बाइक एम्बुलेन्सदेखि आफ्नै अस्पतालसम्म स्वास्थ्य क्षेत्र सुधार्न काठमाडौं महानगरको नयाँ योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies