Home बैंक वित्त सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्ट प्रालिबिच व्यवसायिक सम्झौता
बैंक वित्त

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्ट प्रालिबिच व्यवसायिक सम्झौता

Share
Share

२०८१ मंसिर ५ गते बुधबार ।

बैंकको खबर । सांग्रिला डेभलपमेन्ट बैंक र ललितपुरको कुपण्डोल स्थित बृहत इन्भेष्टमेन्ट प्रालिबिच मंसीर ४ गते व्यवसायिक सम्झौताभएको छ । 

सम्झौता अनुसार कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित चापागाँउ परियोजना अन्तर्गतका घर÷जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने छ ।

घर÷जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागिअधिकतम कर्जा रकम २ करोड रुपैयाँसम्म उपलब्ध गराउने सम्झौता भएको छ । कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ भने पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

बैंकले ग्राहकलाई घर÷जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवाप्रदानगर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट काठमाडौ क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रालिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् । 

बैंकको  मुलुकभर ११२ शाखाकार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies