Home बैंक वित्त तीन महिनामा भित्रियो चार खर्ब सात अर्ब रेमिट्यान्स
बैंक वित्त

तीन महिनामा भित्रियो चार खर्ब सात अर्ब रेमिट्यान्स

Share
Share

२०८१ मंसिर ४ गते मंगलबार ।

बैंकको खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रमेमिट्यान्स आप्रवाह ११.५० प्रतिशत बढेको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ थियो । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies