Home बैंक वित्त बैंकिङ प्रणालीमा पैसा थुप्रिदै गएपछि राष्ट्र बैंकले एकै दिन एक खर्ब तान्दै
बैंक वित्त

बैंकिङ प्रणालीमा पैसा थुप्रिदै गएपछि राष्ट्र बैंकले एकै दिन एक खर्ब तान्दै

Share
Share

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ कात्तिक २१ गते) बैंकिङ प्रणालीमा रहेको एक खर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले यो पैसा निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि तान्न लागेको हो । 

वित्तीय प्रणालीमा अधिक तरलता रहेको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत रकम तान्दै आएको छ । अहिले बैंकिङ प्रणालीमा करिब सात खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । बजारमा कर्जाको माग न्यून भएपछि बैंकहरुको ऋण प्रवाह सुस्त छ । यहीकारण प्रणालीमा पैसा थुप्रिदै गएको छ । 

राष्ट्र बैंकले आज मध्यान्ह २ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुने जनाएको छ । आजै निष्काशन हुने निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसको साँवा तथा ब्याज भुक्तानी मंसिर १२ गते हुने राष्ट्र बैंकले जनाएको छ । 

केन्द्रीय बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । 

All banking infomation at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1745_बकङ_परणलम_पस_थपरद.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies