Home बैंक वित्त सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बैंक वित्त

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Share
Share

काठमाडौं, कात्तिक २१ ।

बैंकको खबर । आज (२०८१ कात्तिक २१ गते बुधबार) सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । जसअनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । तर भोली कात्तिक २२ गते सार्वजनिक विदा परेको छ भने २३ गते शुक्रबार र २४ गते शनिबार परेको हुँदा ति दिन सेयर कारोबार हुँदैन र त्यसैले आज कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

सानिमा बैंकले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सो लाभांश पारित गर्न बैंकले मंसिर ४ गते वार्षिक साधारणसभा डाकेको छ । 

आशा लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले मंसिर ७ गते वार्षिक साधारणसभा गर्ने डाकेको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies