Home बीमा एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै
बीमाबैंक वित्त

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

Share
Share

काठमाडौं, कात्तिक २१

बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री गर्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सले बिक्री गर्ने हकप्रद सेयर खरिद गर्न सक्नेछन् । लगानीकर्ताले पुस १ गतेसम्म इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको हकप्रदका लागि इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको देखाउँछ ।

इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ छ। हकप्रद बिक्री पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies