Home बैंक वित्त धनतेरसका लागि राष्ट्र बैंकमा किन्न पाइन्छ सुनको असर्फी र चाँदीको सिक्का
बैंक वित्त

धनतेरसका लागि राष्ट्र बैंकमा किन्न पाइन्छ सुनको असर्फी र चाँदीको सिक्का

Share
Share

बैंकको खबर । आज धनतेरस । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । 

आजको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन र सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिन्छ। आज मानिसहरुले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन छ ।

नेपालमा धनतेरसको दिन सुनको असर्फी र चाँदीका सिक्का किन्ने चलन पनि छ । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी र चाँदीको सिक्का बिक्री प्रबन्ध मिलाएको छ । केन्द्रीय बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र पाँच थानसम्म चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने जनाएको छ । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म असर्फी किन्न सकिनेछ । असर्फीको मूल्य भने आजको बजारमा कायम सुनको मूल्यको आधारमा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कात्तिक ११ गते देखि १४ गतेसम्म चाँदीको मेडालियन र स्मारिका बिक्री गरिने जनाएको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) बिक्री भइरहेको जनाएको छ ।

असर्फी, चाँदीका सिक्का, खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ । असर्फी तथा मेडालियन खरिदको लागि नगद तथा क्युआरबाट भुक्तानी गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies