Home पुँजी बजार सेयरबजारमा उत्साह, निर्जीवन बीमामा यसकारण लगानीकर्ता आकर्षित
पुँजी बजारबैंक वित्त

सेयरबजारमा उत्साह, निर्जीवन बीमामा यसकारण लगानीकर्ता आकर्षित

Share
Share

बैंकको खबर । सेयरबजारमा आज (मंगलबार) नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । छ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४३ कम्पनीमध्ये २२१ वटाको सेयरमूल्य बढ्दा बजारमा उत्साह देखिएको हो । तर १७ कम्पनीका सेयरधनीले गुमाएका छन भने पाँच कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

आज निर्जीवन बीमा समूहमा लगानीकर्ता झुम्मिए । यो समूह ३.६० प्रतिशत बढ्यो । निर्जीमा बीमा कम्पनीहरुको व्यवसाय बढेको तथ्यांक सार्वजनिक भएपछि लगानीकर्ता यो समूहमा झुम्मिएको विश्लेषण गरिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुले यस वर्षको पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेका छन् । 

आज कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् । बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, जलविद्युत २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन ०.९७, लघुवित्त १.५०, म्युच्युअल फण्ड १.३३, व्यापार ०.३५ र अन्य १.५७ प्रतिशत बढेको छ । 

कारोबार बन्दहुँदासम्म सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेको छ । समृिद्धि फाइनान्सको सेयर कारोबार सबैभन्दा धेरै २४ करोड ७१ लाख रुपैयाँको भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies