Home बैंक वित्त बैंकहरुले तीन महिनामा कमाए १६ अर्ब २३ करोड नाफा, कसले कति कमायो ?
बैंक वित्त

बैंकहरुले तीन महिनामा कमाए १६ अर्ब २३ करोड नाफा, कसले कति कमायो ?

Share
Share

बैंकको खबर । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २१.६३ प्रतिशत बढेको छ । असोज मसान्तसम्म बैंकहरुले १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । एक वर्षअघि बैंकहरुको कुल नाफा १३ अर्ब ३४ करोड रुपैयाा थियो । 

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । नबिलले दुई अर्ब पाँच करोड रुपैयाँ कमाएको छ । नबिल पछि ग्लोबल आइएमई बैंकको नाफा धेरै छ । ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड रुपैयाँ कमाएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड रुपैयाँ, एनएमबि बैंकले एक अर्ब १४ करोड रुपैयाँ, एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ, कुमारी बैंकले एक अर्ब सात करोड रुपैयाँ र प्रभु बैंकले एक अर्ब चार करोड रुपैयाँ नाफा कमाएका छन् । बाँकी सबै बैंकको नाफा एक अर्ब रुपैयाँ भन्दा कम छ । 

सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले ११ करोड पाँच लाख रुपैयाँ कमाएको छ । एक वर्षमा एनआईसी एसियाको नाफामा ८९.०६ प्रतिशतले गिरावट आएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि एक वर्ष अघिको तुलनामा ८२.४० प्रतिशत घटेर १५ करोड १३ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पलिहो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ८५ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।
 

  

                                              वाणिज्य बैंकहरुको खुद नाफा (रु. हजारमा)
   बैंक   २०८१/८२ पहिलो त्रैमास    २०८०/८१ पहिलो त्रैमास   फरक (प्रतिशत
   नबिल बैंक    २,०५६,५९०    १,४६९,३००    ३९.९७
   ग्लोबल आइएमई बैंक    १,५१२,१४०    १,२२५,७५४    २३.३६
   नेपाल इन्भेष्टमेन्ट मेगा बैंक    १,४६४,०७५    १,५२२,२९९    –३.८२
   प्राइम कमर्सियल बैंक    १,२८६,७८७    १,१५१,५२२    ११.७५
   एनएमबि बैंक    १,१४५,६०३    ९६३,२०९    १८.९४
   एभरेष्ट बैंक    १,१२७,७०४    ७८०,७५९    ४४.४४
   कुमारी बैंक    १,०७८,१७७    २६३,९३५    ३०८.५
   प्रभु बैंक    १,०४०,६५७    १,०३४,२१४    ०.६२
   स्टान्डर्ड चार्टर्ड बैंक    ८६२,२०१    ८२७,७००    ४.१७
   नेपाल एसबिआई बैंक    ८१४,६५१    ४७९,१७८    ७०.०१
   हिमालयन बैंक    ७२६,४३२    १,०५६,१८३   –३१.२२
   नेपाल बैंक   ६०२,१९८    १४२,३७०    ३२२.९८
   लक्ष्मि सनराइज बैंक    ५३६,३५९    १०३,०४१    ४२०.५३
   माछापुच्छ्रे बैंक    ५०३,२६३    ५४२,२३९   –७.१९
   सानिमा बैंक    ३९९,५३०    ४८२,९०९   –१७.२७
   सिद्धार्थ बैंक    ३८२,०८४    ४२,८६२    ७९१.४३
   सिटिजन्स बैंक इन्टरनेसनल    २४०,६९९    २७५,२५०   –१२.५५
   कृषि विकास बैंक    १९०,९२३    -८८८,०७१    –
   राष्ट्रिय वाणिज्य बैंक    १५१,३०२    ८५९,८०४    –८२.४०
   एनआईसी एशिया बैंक    ११०,५२६    १,०१०,३८३    –८९.०६
     कुल   १६,२३१,९०१    १३,३४४,८४०   २१.६३

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies