Home बैंक वित्त सामान्य बढ्यो प्रभु बैंकको नाफा
बैंक वित्त

सामान्य बढ्यो प्रभु बैंकको नाफा

Share
Share

बैंकको खबर । प्रभु बैंकको नाफा समान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ०.६२ प्रतिशतले बढेर एक अर्ब चार करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब तीन करोड रुपैयाँ कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफा घटेको छ । सञ्चालन मुनाफामा गिरावट आएका कारण बैंकको नाफा थोरै मात्र बढ्न पुगेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेको छ । 

बैंकको प्रतिसेयर आम्दानी थोरै बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब सात करोड रुपैयाँ रहेको छ । बैंकको वतरणयोग्य मुनाफा तीन करोड ४७ लाख रुपैयाँ रहेको छ ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies