Home बैंक वित्त घट्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, ईपीएस कति ?
बैंक वित्त

घट्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, ईपीएस कति ?

Share
Share

बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा एक वर्ष अघिको तुलनामा ३.८२ प्रतिशत घटेर १ अर्ब ४६ करोड ४० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावटठ आएपछि खुद नाफा घट्न पुगेको हो । गत वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ भएको छ । 
सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा झरेको छ । यस्तै कुल सञ्चालन आम्दानी २.५० प्रतिशत घटेको छ । 

बैंकको खराब कर्जा बढेको छ । विवरणअनुसार खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा, मूल्य आम्दानी अनुपात १४.८० गुण रहेको छ । 

हाल ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब २९ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies