Home बैंक वित्त ग्लोबल आइएमईको नाफा डेढ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति
बैंक वित्त

ग्लोबल आइएमईको नाफा डेढ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति

Share
Share

बैंकको खबर । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २३.३६ प्रतिशत बढी हो । गतवर्ष पहिलो त्रैमासमा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोडमा झरेको छ भने सञ्चालन नाफा १९.४० प्रतिशतले बढेको छ । 

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनि इम्पेरिमेन्ट चार्ज घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको इम्पेरिमेन्ट चार्ज एक अर्ब ७८ करोडबाट घटेर एक अर्ब सात करोडमा झरेको छ ।

बैंकको खराब कर्जा ४.३८ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ । 

हाल ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ जम्मा छ । 

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ तीन पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ । गतवर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा थियो । यस्तै प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ भने मुल्य आम्दानी अनुपात १५.७१ गुण छ ।

बैंकको वितरणयोग्य मुनाफा पहिलो त्रैमासमा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies