Home बैंक वित्त नबिल बैंकले कमायो २ अर्ब ५ करोड, ईपीएस पनि बढ्यो
बैंक वित्त

नबिल बैंकले कमायो २ अर्ब ५ करोड, ईपीएस पनि बढ्यो

Share
Share

बैंकको खबर । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३९.९७ प्रतिशत बढी हो । एक वर्षअघि बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन नाफा बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो । अहिले बैंकले २ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३६.०९ प्रतिशतले बढी हो । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ । इम्पेरिमेन्ट चार्ज पनि घटेको छ । गतवर्ष पहिलो त्रैमासमा १ अर्ब ११ करोड रहेको इम्पेरिमेन्ट चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ । खराब कर्जा घटेका कारण इम्पेरिमेन्छ चार्ज कम छुट्याउनु परेको देखिन्छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । 

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies