Home पुँजी बजार सेयरबजारमा नेप्से बढ्यो, कारोबार घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा नेप्से बढ्यो, कारोबार घट्यो

Share
Share

बैंकको खबर । सेयरबजारमा मंगलबार बढेको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा कायम भएको छ । कारोबार भएका सबै समूह बढ्दा बजार हरियो बनेको हो । यस्तै कारोबार भएका २४४ कम्पनीमध्ये २०० वटाको सेयरमूल्य बढेको छ भने ३९ वटाको घटेको छ । बाँकी पाँच वटाको स्थिर रहेको छ ।

बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार पाँच अर्ब ९० करोडको सेयर किनबेच भएको बजारमा मंगलबार चार अर्ब १७ करोड रुपैयाँको मात्रै कारोबार भयो । 

सबैभन्दा धेरै फाइनान्स समूह ३.०३ प्रतिशत बढेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन समूह २.१४ प्रतिशत, जलविद्युत १.४२ प्रतिशत, विकास बैंक समूह १.२५ प्रतिशत र अन्य समूह १.०२ प्रतिशत बढेको छ । बाँकी सबै समूह एक प्रतिशतभन्दा कमले बढेका छन् । 

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गिरावट विन नेपाल लघुवित्तको सेयरमूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ४.७५ प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सेयर कारोबार सबैभन्दा धेरै १७ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ । 

बजार पुँजीकरण ४१ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण २१ अर्ब रुपैयाँ बढेर १४ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies