Home पुँजी बजार सेयरबजारमा बढ्यो कारोबार, नेप्सेमा सामान्य वृद्धि
पुँजी बजारबैंक वित्त

सेयरबजारमा बढ्यो कारोबार, नेप्सेमा सामान्य वृद्धि

Share
Share

बैंकको खबर । आज (बिहीबार) सेयरबजारमा नेप्से परिसूचक सामान्य बढेको छ । बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा कायम भएको छ । 

नेप्से सामान्य बढेपनि कारोबार रकममा भने राम्रै वृद्धि भएको छ । सात अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ८८ लाख सात हजार ४९२ कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार पाँच अर्ब ६६ करोड हाराहारी कारोबार भएको थियो ।

कारोबार भएका २४४ कम्पनीमध्ये १४२ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजारमा दबाब परेको हो । तर ८९ कम्पनीका सेयरधनीले आज कमाएका छन भने १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बैंकिङ, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह बढेका छन् । तर विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र व्यापार समूह घटेका छन् ।

सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयरमूल्य ७.६३ प्रतिशत बढेको छ । सबैभन्दा धेरै अपर साङ्घे हाइड्रोपावरको सेयरमूल्य ५.१९ प्रतिशत र मिड सोलु हाइड्रोपावरको ५.०३ प्रतिशतले घटेको छ । कुमारी बैंकको सर्वाधिक ३३ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

बजार पुँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

२०८१, कात्तिक १ गते बिहीबार ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies