Home पुँजी बजार सेयरबजारमा उच्च गिरावट
पुँजी बजारबैंक वित्त

सेयरबजारमा उच्च गिरावट

Share
Share

काठमाडौँ, भदौ ९ ।  सेयरबजारमा आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा कायम भएको हो ।

१९ अर्ब ७४ करोड रुपैयाँको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका २४४ कम्पनीमध्ये १८५ वटाको सेयरमूल्य घटेको छ भने ५९ वटाको बढेको छ । 

नेप्ष्सेमा गिरावट आएपछि लघुवित्त समूह १.०८ प्रतिशत बढेको छ । अरू सबै समूह घटेका छन् । सबैभन्दा धेरै लगानी समूह ३.८३ प्रतिशत घटेको छ । त्यसपछि बैंकिङ समूह ३.३१, फाइनान्स ३.५०, जलविद्युत् ३.०४, र अन्य समूह ३.५५ प्रतिशतले घटेका छन् । विकास बैंक २.४४, होटल तथा पर्यटन २.३८,  जीवन बीमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, म्युचुअल फन्ड १.५९, निर्जीवन बीमा २.३२ र व्यापार समूह १.७६ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । 

मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १०.२५ प्रतिशत केबिएल डिभेञ्चर ८६ ९ प्रतिशतभन्दा धेरै घटेका छन् । कारोबार रकमको आधारमा अपी पावर लिमिटेडको सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति यसदिन १ खर्ब २७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४५ खर्ब ९७ अर्ब रुपैयाँमा झरेको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण १६ खखर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ ।

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies