Home अन्तर्राष्ट्रिय भारतीय उद्योगपति अनिल अम्बानीलई पाँच वर्षको लागि सेयर बजारमा प्रतिबन्ध
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय उद्योगपति अनिल अम्बानीलई पाँच वर्षको लागि सेयर बजारमा प्रतिबन्ध

Share
Share

अन्तर्राष्ट्रिय खबर । भारतीय धितोपत्र बजार नियामक निकाय सेबीले उद्योगपति अनिल अम्बानीलाई रकम दुरुपयोग गरेको आरोपमा ५ वर्षको लागि सेयर बजारमा प्रतिबन्ध लगाएको छ । 

अम्बानीलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाएको छ । उनलाई सूचीकृत कम्पनीमा सञ्चालक हुन पनि प्रतिबन्ध लगाएको छ ।

सेबीले रिलायन्स होम फाइनान्स (आरएचएफएल) का पूर्व प्रमुख अधिकारीहरू सहित २४ अन्य संस्थाहरूलाई पनि स्टक बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ । उनीहरु सबैलाई फरकफरक जरिवाना गरेको छ । रिलायन्स होम फाइनान्स कम्पनीलाई ६ महिनाको लागि प्रतिबन्ध लगाएको छ र ६ लाख जरिवाना तिर्न भनेको छ ।
 

सेबीद्वारा जारी २२२ पृष्ठको अन्तिम आदेश अनुसार, अनिल अम्बानीले आरएचएफएल अधिकारीहरूको सहयोगमा पैसा हिनामिना गरेका थिए । 

सेबीले अनिल अम्बानीसँगै अमित बापनालाई २७ करोड, रविन्द्र सुधाल्करलाई २६ करोड र पिंकेश आर शाहलाई २१ करोड रुपैयाँ जरिवाना लगाइएको छ । यस्तै रिलायन्स युनिकोर्न इन्टरप्राइजेज, रिलायन्स एक्सचेन्ज नेक्स्ट र अन्य कम्पनीहरूलाई रकम दुरुपयोग गरेको आरोपमा प्रत्येकलाई २५ करोड रुपैयाँ जरिवाना गरेएको छ ।

रिलायन्स इन्फ्राको सेयर झण्डै ११ प्रतिशतले घट्यो, पावर ५ प्रतिशतले घट्यो
सेबीको प्रतिबन्धपछि अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रा, रिलायन्स होम फाइनान्स र रिलायन्स पावरमा गिरावट आएको छ । सबैभन्दा बढी रिलायन्स इन्फ्रा १४ प्रतिशत, रिलायन्स होम फाइनान्स ५.१२ प्रतिशत र रिलायन्स पावर ५.०१ प्रतिशतले घटेको छ ।

 

All financial information at your fingertips.

 

२०८१, भदौ ७

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies