Home बैंक वित्त पाँच रेमिट्यान्स कम्पनीहरुको इजाजतपत्र खारेज
बैंक वित्त

पाँच रेमिट्यान्स कम्पनीहरुको इजाजतपत्र खारेज

Share
Share

बैंकको खबर । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका पाँच वटा रेमिट्यान्स कम्पनीहरुको इजाजतपत्र खारेज गरेको छ । 
राष्ट्र बैंकले काठमाडौंको लाजिम्पाट स्थित राम्रो रेमिट प्रा.लि., गौशाला स्थित ग्लोबल माउन्टेन रेमिट प्रा.लि., दरबारमार्ग स्थित संसार रेमिट प्रा.लि., न्यूरोड स्थित ललित मनि ट्रान्सफर प्रा.लि. र अनामनगर स्थित माक्स मनि ट्रान्सफर प्रा.लि.को इजाजत स्वतः खारेज भएको जनाएको छ । 

केन्द्रीय बैंकले सूचना जारी गरेर ‘नेपाल राष्ट् बैंक, विप्रेषण विनियमावली, २०७९’ (प्रथम संशोधनसहितको विनियम १३ को उप–विनियम (१०)को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम यी कम्पनीहरुको इजाजत स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषण सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन भनेको छ । 

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानतसमेत फुकुवा भई जाने जानकारी राष्ट्र बैंकले गराएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies