Home बैंक वित्त बैंकिङ प्रणालीबाट एक दिनमा १३ अर्ब निक्षेप घट्यो
बैंक वित्त

बैंकिङ प्रणालीबाट एक दिनमा १३ अर्ब निक्षेप घट्यो

Share
Share

बैंकको खबर । बैंकिङ प्रणालीमा निक्षेप घट्न थालेको छ । केहीदिन देखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप साउन २५ गते एक दिनमै १३ अर्ब रुपैयाँ घटेको छ । 

साउन २४ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ६४ खर्ब ३२ अर्ब रुपैयाँ थियो भने २५ गते ६४ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । २६ गतेयताको तथ्यांक सार्वजनिक भइसकेको छैन । 

समीक्षा समयमा विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप संकलन एक अर्ब रुपैया बढेको छ भने वाणिज्य बैंकहरुको १३ अर्ब रुपैयाँ घटेको छ । 

कर्जा प्रवाह भने सो एक दिनमा तीन अर्ब रुपैयाँ बढेको देखिएको छ । साउन २४ गते कर्जा प्रवाह ५१ खर्ब ५६ अर्ब रुपैयाँ रहेकोमा २५ गते ५१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत कायम छ । अन्तरबैंक ब्याजदर तीन प्रतिशत छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies