Home पुँजी बजार सेयरबजारमा नेप्से ७०.८१ अंकले बढ्यो, २७ अर्ब २४ करोडको कारोबार
पुँजी बजारबैंक वित्त

सेयरबजारमा नेप्से ७०.८१ अंकले बढ्यो, २७ अर्ब २४ करोडको कारोबार

Share
Share

सेयरखबर । सेयरबजार परिसूचक नेप्से २९ सय विन्दुभन्दा माथि पुगेर बन्द भएको छ । सोमबार पनि बजार ७० अंकभन्दा बढीले बढेकाले नेप्से २९३१.६५ विन्दुमा पुगेको छ । 

यसदिन पनि कारोबार रकम र बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको छ । २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च पुँजीकरण हो । सोमबार मात्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब १२ अर्ब रुपैयाँ बढीले बढेको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये १७१ कम्पनीको सेयरमूल्य बढेको छ । ६८ कम्पनीको सेयरमूल्य घटेको छ भने तीन वटाको स्थिर रहेको छ । 
छ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ भने तीन वटा कम्पनीको ९.९९ प्रतिशत मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले सोमबार पनि १० प्रतिशत गुमाएका छन् । 

लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूह बढेका छन् । उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशत र लगानी शून्य दशमलव १९ प्रतिशत घटेको छ । सर्वाधिक जीवन बीमा समूह ५.८५ प्रतिशत बढेको छ । त्यसपछि फाइनान्स समूह ४.८१ प्रतिशत, व्यापार समूह ४.१३ प्रतिशत, जलविद्युत ३.४६ प्रतिशत, विकास बैंक ३.०६ प्रतिशत बढेको छ । त्यसपछि निर्जीवन बीमा २.९७ प्रतिशत, बैंकिङ २.९५ प्रतिशत, लघुवित्त १.०८ प्रतिशत, अन्य १.०१ प्रतिशत र म्युचुअल फण्ड ०.९३ प्रतिशत बढेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै १ अर्ब २२ करोड ८१ लाख रुपैयाँ बराबरको भएको छ । शिवम् सिमेन्टको पनि ९१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies