Home बीमा घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा
बीमाबैंक वित्त

घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा

Share
Share

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०ङ८१को वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ कमाएको थियो । 

आर्थिक वर्ष २०८०÷८१मा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ। खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। यस्तै मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ।

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको पुनर्बीमाको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ छ । यस्तै महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies