Home पुँजी बजार सेयरबजार बेस्सरी घट्यो, कारोबारमा नयाँ रेकर्ड, २३ अर्ब ७१ करोडको सेयर बिक्यो
पुँजी बजारबैंक वित्त

सेयरबजार बेस्सरी घट्यो, कारोबारमा नयाँ रेकर्ड, २३ अर्ब ७१ करोडको सेयर बिक्यो

Share
Share

सेयर खबर । एक महिनादेखि निरन्तर बढेको सेयरबजार मंगलबार बेस्सरी घटेको छ । नेप्से परिसूचक पाँच दशमलव १८ प्रतिशत अर्थात १४५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । 

छोटो समयमा उच्च अंकले बढेको बजारबाट लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा मंगलबार उच्च अंकको गिरावट आएको विश्लेषण गरिएको छ । 
नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकममा भने नयाँ कीर्तिमान बनेको छ । मंगलबार मात्रै २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ बराबरको पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमै २ खर्ब ३० अर्ब रुपैयाँ गुमेको छ । बजार पुँजीकरण ४२ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये २३३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बजार घट्दापनि आठ कम्पनीका सेयरधनीले भने कमाएका छन् । बाँकी एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ८.२७ प्रतिशत र होटल तथा पर्यटन समूह ८.०३ प्रतिशतले घटेको छ । त्यसपछि लगानी समूह ६.३७ प्रतिशत, जीवन बीमा ६.३३, बैंकिङ ५.९६, व्यापार ५.८७, विकास बैंक ५.४४, निर्जीवन बीमा ५.०२, जलविद्युत ४.७५, उत्पादन तथा प्रशोधन ४.७१, लघुवित्त ३.८३, म्युचुअल फण्ड १.५५ र अन्य १.३२ प्रतिशतले घटेको छ । 

आठ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत घटेर बन्द भएको छ । थ्रि स्टार हाइड्रोपावरको १० प्रतिशत र कुथेली बुखरी हाइड्रोपावरको ९.९७ प्रतिशतले सेयरमूल्य बढेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै एक अर्ब ३९ करोड ७८ लाख रुपैयाँको भएको छ ।
 

All financial information at your fingertips.

 

२०८१ साउन २२

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies