Home बैंक वित्त डलरको मूल्यमा फेरि नयाँ रेकर्ड
बैंक वित्त

डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

Share
Share

बैंकको खबर । नेपाली बजारमा डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज (२०८१ साउन २२ गते) मंगलबार, नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा र खरिददर १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन १९ गते डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा खरिददर १३३ रुपैयाँ ७१ पैसा थियो । 

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । जसले गर्दा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । 

डलरको भाउ महँगिदै जाँदा नेपालमा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पठाउने नेपालीलाई फाइदा हुन्छ । अर्कोतर्फ आयात महँगो हुन्छ भने सरकारलाई ऋणको भार बढ्छ, विदेश अध्ययनमा जाने विद्यार्थीले बढी पैसा तिर्नुपर्छ । जसले गर्दा नेपालमा डलरको भाउ महँगिदा फाइदा भन्दा बेफाइदा धेरै हुन्छ । 

यसदिन युरोपियन युरोको एकको बिक्रीदर १४७ रुपैयाँ २१ पैसा र खरिददर १४६ रुपैयाँ ५६ पैसा कायम भएको छ । बेलायतको पाउन्ड स्टर्लिङ्ग एक को बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा र खरिददर १७० रुपैयाँ ६२ पैसा तोकिएको छ । 

अस्ट्रेलियन डलर एकको बिक्रीदर ८६ रुपैयाँ ७० पैसा र खरिददर ८६  रुपैयाँ ३१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले मंगलबारबा लागि कतारी रियाल एकको बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा र खरिददर ३६ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको बक्रिीदर ३५ रुपैयाँ ८२ पैसा र खरिददर ३५ रुपैयाँ ६६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको बिक्रीदर ३० रुपैयाँ ३९ पैसा र खरिददर ३० रुपैयाँ २५ पैसा तोकेको छ ।  

All financial information at your fingeritps.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies