Home पुँजी बजार सेयरबजारमा अहिलेसम्मकै उच्च कारोबार
पुँजी बजार

सेयरबजारमा अहिलेसम्मकै उच्च कारोबार

Share
Share

सेयर खबर । सेयरबजारमा २०८१ साउन १६ गते (बुधबार) हालसम्मकै उच्च कारोबार भएको छ । यसदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको पाँच लाख नौ हजार ६७ हजार नौ सय ५१ कित्ता सेयर किनबेच भएको छ । 

नेप्से परिसूचक ६४.२६ अंकले बढेर २७६०.९१ विन्दुमा पुगेको छ । सरकार परिवर्तन भई सेयरबजारका लागानीकर्ताप्रति सकारात्मक मानिने विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि बढ्न थालेको बजार राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेपछि थप बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा ब्याजदर घट्ने, कर्जा विस्तार हुने, मुद्रास्फीति नियन्त्रणमा राख्ने र बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने नीति लिएपछि सेयरबजारका लगानीकर्ताको मनोबल बढेको छ । यही कारण दैनिक कारोबार रकम उच्च छ । बुधबार यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६४ करोडको सेयर कारोबारको रेकर्ड ब्रेक गरेको छ । 

कारोबारमा आएका दुई सय ४२ कम्पनीमध्ये एक सय ९१ वटाको सेयरमूल्य बढ्दा बजार हरियाली बनेको हो । बजार उच्च बढेपनि यसदिन ४४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने बाँकी सात कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बजार बन्दहुँदासम्म १० कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको थियो । फाइनान्स समूह सबैभन्दा धेरै ८.०८ प्रतिशत बढेको छ । त्यसपछि लगानी समूह ६.९० प्रतिशत, अन्य ३.९९ प्रतिशत, विकास बैंक ३.२१ प्रतिशत, होटल तथा पर्यटन २.९८ प्रतिशत, व्यापार २.७६ प्रतिशत, जलविद्युत २.११ प्रतिशत, जीवन बीमा २.१० प्रतिशत, निर्जीवन बीमा १.८७ प्रतिशत, उच्पादन तथा प्रशोधन १.८० प्रतिशत, म्युचुअल फण्ड १.३० प्रतिशत, बैंकिङ १.०४ प्रतिशत र लघुवित्त ०.६३ प्रतिशतले बढेको छ । 

लगानीकर्ताको सम्पत्ति बुधबार मात्रै एक खर्ब दुई अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब रुपैयाँ नाघेको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies