Home बीमा सन नेपाल लाइफले बोलायो साधारणसभा, लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने
बीमाबैंक वित्त

सन नेपाल लाइफले बोलायो साधारणसभा, लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

Share
Share

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ जेठ ९ गते बुधबार वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले काठमाडौंको कालिकास्थान स्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाबाट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश र लाभांश वितरण भएपछि कायम हुने चुक्ता पुँजीबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसपछि कायम चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ । 

साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारणको तर्फबाट सञ्चालक समितिमा नेतृत्वगर्ने एक जना सञ्चालक चयन गर्ने छ । 

इन्स्योरेन्सले साधारणसभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि वैशाख २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीहरु साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies