Home बैंक वित्त पाँच कारोबार दिनपछि बढ्यो सेयरबजार
बैंक वित्त

पाँच कारोबार दिनपछि बढ्यो सेयरबजार

Share
Share

सेयर खबर । लगातार पाँच कारोबार दिन घटेको सेयरबजार आइतबार बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा कायम भएको छ । दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच भएको छ । 
कारोबार भएका २४५ कम्पनीमध्ये १७६ कम्पनीको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर ६३ कम्पनीको सेयरमूल्य घटेको छ भने ६ वटाको स्थिर रहेको छ । 

बैंकिङ र म्युचुअल फण्ड समूहबाहेक सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन, जलविद्युत र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

डोल्टी पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.८८ प्रतिशत कमाएका छन् । पिपुल्स पावरका सेयरधनीले सबैभन्दा धेरै ७.४६ प्रतिशत गुमाएका छन् । गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १० करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

यसदिन लगानीकर्ताको सम्पत्ति १९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ३१ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies