Home बैंक वित्त बैशाख महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर
बैंक वित्तभिडियोरिपोर्ट तथा सूचना

बैशाख महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

Share
Share

बैंक खबर । अधिकांश वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार मुद्दती निक्षेपको ब्याजदर चैत महिनाको तुलनामा औसत ०.१८ प्रतिशत विन्दुले घटाएका छन् । 

चैत महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ७.२५ प्रतिशत थियो । वैशाखमा त्यो घटेर ७.०७ प्रतिशतमा झरेको छ । 
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन भने दुई वटाले बढाएका छन् । बाँकी पाँच वटाले स्थिर राखेका छन् । 

एनएमबि बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन् । प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, माछापुच्छ«े बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । 

कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र हिमालयन बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकले तोकेको छ । एनएमबिले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा सात दशमलव ९७ प्रतिशत ब्याज दिने भएको छ । व्यक्तिगत निक्षेपमा सबैभन्दा कम कृषि विकास बैंकले ५.६६६१ प्रतिशत ब्याजदर तोकेको छ ।
 

All financial information at your fingertips.

📹 Watch Video

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies