Home बैंक वित्त जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा चैत ९ गते
बैंक वित्त

जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा चैत ९ गते

Share
Share

बैंक खबर । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०८० चैत ९ गते शुक्रबार पाँचौं वार्षिक साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको लघुवित्त सञ्चालक समितिको ११२औँ बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ड्राइभरटोल स्थित द एसआर होटलमा बिहान ९ बजे बोलाएको लघुवित्तले जनाएको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत उपर छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८०÷८१को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै किसान लघुत्ति वित्तीय संस्था लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमाथि पनि छलफल हुने एजेन्डा रहेको लघुवित्तले जनाएको छ । 

साधारणसभाले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा जाल्पाको एक कित्ता सेयर बराबर किसानको ०.८८३४ कित्ता सेयर हुनेगरी कायम भएको सेयर स्वाप अनुपात सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले २०८० फागुन २४ गते सेयर दाखिल खारेजी दर्ता कार्य बन्द गर्ने भएको छ । यसआधारमा फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन पाउनेछन् । 

 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1093_जलप_समदयक_लघवततक_व.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies