Home बैंक वित्त किसान लघुवित्तले चैत ९ गते डाक्यो वार्षिक साधारणसभा 
बैंक वित्तलघुवित्त

किसान लघुवित्तले चैत ९ गते डाक्यो वार्षिक साधारणसभा 

Share
Share

बैंक खबर । किसान लघुवित्त वित्तीय संस्थाले २०८० चैत ९ गते शुक्रबार पाँचौं वार्षिक साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको लघुवित्त सञ्चालक समितिको १२९औँ बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभा काठमाडौंको गल्फुटार स्पेसियल चोकस्थित ताज प्यालेसमा बिहान ११ बजे बोलाएको लघुवित्तले जनाएको छ । 
साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत उपर छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमाथि पनि छलफल गरि पारित गर्ने एजेन्डा रहेको लघुवित्तले जनाएको छ । 

साधारणसभाले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा जाल्पाको एक कित्ता सेयर बराबर किसानको ०.८८३४ कित्ता सेयर हुनेगरी कायम भएको सेयर स्वाप अनुपातसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । यस्तै मर्जरसम्बन्धी अन्य प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले २०८० चैत १ गते सेयरधनी दर्ता किताब/सेयर दाखिल खारेज बन्द गर्ने भएको छ । यसआधारमा फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन पाउनेछन् । 

 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1094_कसन_लघवततल_चत_९_गत_डक.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies