Home बैंक वित्त राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता
बैंक वित्त

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

Share
Share

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघबीच आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् । २०८० चैत ३ गतेदेखि १० गतेसम्म आयोजना हुने राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबीबी–एनभीए नाम राख्नु पर्नेछ ।  प्रायोजन स्वरुप बैंकले संघलाई १८ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ९ गरी जम्मा २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए ।  नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रुपमा मानिएको भलिबल खेलको थप विकास र विस्तारमा सहयोग पुगेको बताए । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्वअध्यक्ष मनोरञ्जन शर्मा लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रवाह गर्दै आएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies