Home बैंक वित्त एनएमबि बैंकका ग्राहकलाई बुटवलस्थित हरियो तरकारी प्रालीमा छुट
बैंक वित्त

एनएमबि बैंकका ग्राहकलाई बुटवलस्थित हरियो तरकारी प्रालीमा छुट

Share
Share

बैंक खबर । एनएमबि बैंक र बुटवल मिलनचोक तिनकुने स्थित हरियो तरकारी प्रालिबीच सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले हरियो तरकारी प्रालीबाट तरकारी खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्र बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र हरियो तरकारी प्रालिका प्रवन्ध निर्देशक लक्ष्मण शर्माले आदानप्रदान गरेका छन् । 

यो सम्झौता एक वर्षका लागि भएको बैंकले जनाएको छ । यद्यपी दुई पक्षको सहमतिमा समय बढाउन सकिने उल्लेख छ । सम्झौताअनुसार एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । 

हरियो तरकारी प्रालिमा सम्झौता अनुसारको छुट पाउन एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले जानकारी दिए । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies