Home बैंक वित्त ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान ।
बैंक वित्त

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान ।

Share
Share

बैंक खबर । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत विदुर नगरपालिका वडा नं. ५, देवीघाट, नुवाकोटस्थित श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । 

बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरु प्रदान गरेको हो ।  

विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई स्मार्टबोर्डहरु हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बैंकका  सञ्चालक समितिका सदस्य नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोल लगायत बैंकका पधाधिकारीहरु, विद्यालयका कर्मचारीहरु तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

आधुनिक विज्ञान र प्रविधि, नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि सक्रिय रूपमा योगदान गरिरहेको उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयको कक्षा सञ्चालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ ।  

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । 

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन प्रतिवद्ध रहेको बैंकले जनाएको छ । 

बैंकले हाल एक सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies