Home बैंक वित्त जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन
बैंक वित्तलघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

Share
Share

शेयर खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा र १५ प्रतिशत लाभांश वतरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा नयाँ मूल्य निर्धारण भएको हो । 

मूल्य समायोजनपछि लघुवित्तको शेयरमूल्य ९४७ रुपैयाँ ८३ पैसा कायम भएको छ । आज शुक्रबार (चैत १० गते) बुकक्लोज भएकोले बिहीबारको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । बिहीबार लघुवित्तको अन्तिम कारोबार १ हजार ९० रुपैयाँमा भएको थियो । 

लघुवित्तले चैत २६ गते आइतबारका दिन रुपन्देहीको बुटवलस्थित होटल न्यू इरामा १२ औं वार्षिक साधारणसभा गर्दैछ ।

साधारणसभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies