Home बैंक वित्त बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास
बैंक वित्तभिडियोवित्तीय साक्षरता

बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास

Share
Share

बैंक शब्दको जन्म कसरी भयो भन्नेमा विद्धानहरुका आ–आफ्ना तर्कहरु रहेका छन् । अंग्रेजी शब्द ‘Bank’ को उत्पत्ति ल्याटिन शब्द ‘Bancus’ फ्रेन्च शब्द ‘Banque’  र इटालियन शब्द ‘Banco’ बाट भएको हो । जसको अर्थ बेञ्च (Bench) भन्ने हुन्छ । प्राचीन कालमा युरोपमा साहु महाजन, व्यापारी, सुनारहरुले बेञ्चमा बसेर पैसा गन्ने, पैसा राख्ने र भुक्तानी सम्बन्धि कामहरु गर्दथे । त्यस्तै लगानी एवम् विनिमय जस्ता कामहरु पनि बेञ्चबाटै गर्दथे । यसैबाट बैंक शब्दको सुरुवात भएको हो भन्नेमा अधिकांश विद्धानहरु एकमत छन् । 

बैंकिङ कारोबारका बारेमा कौटिल्यको अर्थशास्त्र र मनुस्मृतिमा समेत चर्चा गरेको पाइन्छ । तरपनि सन् ११५७ मा इटालीमा स्थापना भएको ‘Bank of Vanis’ लाई नै विश्वको सबैभन्दा पुरानो बैंक मानिन्छ । 

त्यस्तै सन् १४०१ मा स्थापना भएको ‘Bank of Barcelona’, सन् १४०७ मा ‘Bank of Genoa’, सन् १६०९ मा ‘Bank of Amsterdan’ र सन् १६९४ मा ‘Bank of England’ लाई बैंक स्थापनाको ऐतिहासिक क्रममा लिन सकिन्छ । यी बैंकहरु दुनियाँमा बैंकिङ विकासका निमित्त अधार स्तम्भका रुपमा प्रधट भएका हुन् । १७ औं शताब्दी अर्थात सन् १६९४ मा बेलायतमा स्थापना भएको ‘Bank of England’ सँगै आधुनिक बैंकिङ प्रणालीको विकास भएको मानिन्छ ।

All banking information at your fingertips

 

📹 Watch Video

📎 Attached Document

📄 Attached File: document_2_बक_शबदक_सरवत_कसर_भय.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies