काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सय रुपैयाँ बढेर तोलाको २ लाख १५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि विहिबार सुन तोलाको २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ६० रुपैयाँ बढेर २५६५ रुपैयाँ पुगेको छ ।
