काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २५ गते हुने भनिएको १७औँ वार्षिक साधारणसभा भदौ ३१ गते गर्ने भएको छ । साधारणसभा काठमाडौँस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ ।
साधारणसभाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह ‘क’ का शेयरधनीहरूको तर्फबाट ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारणसभा र लभांश प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिन बुकक्लोज गरिसकेको छ। त्यसैले भदौ १२ गतेसम्म कायम शेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन भने त्यहाँबाट पारित भएको लाभांश समेत प्राप्त गर्न सक्नेछन् ।
