काठमाडौँ । नेपाली बजारमा आज गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । चाँदी भने ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १५ हजार १०० रुपैयाँ र प्रतितोला चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख १५ हजार ८०० रुपैयाँ थियोभने चाँदी २ हजार ५६५ रुपैयाँ थियो ।
