काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३०) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न अनुमति पाएको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २०० कित्ता, सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
अब सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकति मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि असोज २ गतेसम्म लम्बिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
