काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले कुलमान घिसिङलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्री नियुक्त गर्ने निर्णय गरेकी छीन । आइताबार साँझ अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले उर्जामन्त्रीमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकी हुन् । आज सोमबार घिसिङले पद तथा गोपनियताको शपथ लिनेछन् ।
उर्जामन्त्रीमा घिसिङ आउने भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिने तयारी थालेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
