काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगलागी र तोडफोडबाट क्षति पुगेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा प्रचण्डले पार्टी कार्यालयमा ठूलो क्षति भए पनि केही महत्वपूर्ण सामग्री, जस्तै पार्टीका माइन्युट र लाइब्रेरी सुरक्षित रहेको बताए।
क्षति पुगेको कार्यालय सफा गर्दै प्रचण्डले केही दिन भित्रै भावि कार्ययोजना सहित भव्य पार्टी कार्यालय निर्माण गर्ने बताए ।
केन्द्रीय कार्यालयमा उपस्थित भई जनयुद्ध र जेनजी आन्दोलनका सहिदहरुप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण समेत गरे।
