काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि निरन्तर बढ्दै मंगलबार प्रतितोला २,५९५ रुपैयाँमा पुगेको छ ।
सुन र चाँदीको आज कायम मूल्य अहिलेसम्मकै धेरै हो । पछिल्लो समय अन्तर्राष्ट्रय बजारमा सुनको माग बढेपछि मूल्य पनि बढ्दै गएको हो ।
