काठमाडौँ । प्रणालीमा अधिक तरलताको सामना गरिरहेका बैंकहरुले ब्याजदर थप घटाएका छन् ।
वाणिज्य बैंकहरुले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सूचनामा व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा भदौ महिनाको तुलनामा कम ब्याजदर सार्वजनिक गरेका हुन् ।
भदौ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्ष्ँेपमा तोकेको अधिकतम ब्याजदरको औसत दर ५.५७७ प्रतिशतविन्दु थियो । असोजमा यस्तो औसत ब्याजदर घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। भदौमा भन्दा असोजमा व्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो।
२० वाणिज्य बैंकहरुमध्ये ९ वटाले घटाएका छन भने ९ वटाले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले बढाएका छन् ।
।
असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा कुमारी बैंकले सबैभन्दा कम ब्याजदर ५.०१ प्रतिशत तोकेको छ । यस्तै एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले सबैभन्दा धेरै ६ प्रतिशत ब्याज दिने भएका छन् ।
संस्थापक मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि घटेको छ। यसमा ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने १३ बैंकहरुले भदौ ब्याजदरलाई यथावत राखेका छन् ।
