कठमाडौं । आज असोज २ गते बिहीबार बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि बिक्री निष्काशन गरेको आईपीओ बाँटफाँट र्भको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । आज बिहान क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
आईपीओमा २१ लाख ७५ हजार ८८८ आवेदकबाट २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयर खरिद माग भएको थियो । जसमध्ये ३२ हजार ६३८ आवेदन अस्वीकृत भएका छन भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।
गोलाप्रथा प्रक्रिया मार्फत अनुसार १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।
