बैंकको खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांशमध्ये १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
