काठमाडौं । जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनलाई शेयरबजारले नकारात्मक रुपमा लिएको छ ।
कारोबार खुलेको २ मिनेटमै नेप्सेमा ४ प्रतिशत अर्थात १०७.०४ अंकले गिरावट आएपछि कारोबार २० मिनेटका लागि स्थगित भएको थियो ।
बजारमा अचानक गिरावट आएपछि लगानीकर्ता त्रसित भएका छन् । यसपछि साना लगानीकर्ताले शेयरको बिक्री बढाएका छन् । दोस्रोपटक कारोबार सुरु हुने वित्तीकै फेरि बजार ५ प्रतिशत अर्थात १३३.६१ अंकले घट्यो । त्यसपछि फेरि नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।
जेनजी आन्दोलनका कारण निजी र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । बीमा कम्पनीहरुमा ३० अर्ब भन्दा बढीको दाबी परिसकेको छ । अन्य कर्पोरेट फेमिलिहरुको सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यसबाट निजी क्षेत्रको लगानी प्रभावित हुने, कम्पनीहरु नोक्सानीमा जाने सम्भावना देखिएपछि बजारमा दबाब परेको विश्लेषण गरिएको छ ।
