काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलाको ३० रुपैयाँ घटेर २५२० रुपैयाँ कायम भएको भएको छ ।
