बैंकको खबर । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस १ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment