बैंकको खबर । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएपछि अब सर्वसाधारणका लागि बिक्री निष्काशन गर्न लागेको हो ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत (१७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता) आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यस्तै बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । यसैगरी बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस३० गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले बैंकको वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment