बैंकको खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
लघुवित्तले पुस ३० गते, बुधबार काठमाडौंको कालोपुलस्थित शुभम् रिसेप्सनमा आफ्नो १६औं वार्षिक साधारणसभा बोलाएको हो । सभा बिहान ११ बजे सुरु हुने लघुवित्तले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ६.५० प्रतिशत नगद लाभांश (कर सहित) स्वीकृत गर्नेछ । त्यस्तै, सञ्चालकको नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ती र १ जना सधारण शेयरधनीका तर्फबाट सञ्चालक सदस्य चयन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a comment